Thursday 21 August 2014

चाम्लिङ अंक तथा संख्या

स्रोतः गडुलमान राई, प्रयोगात्मक शब्द संग्रह नेपाली–चाम्लिङ

चाम्लिङ भाषामा शुन्य देखि नौ अंक सम्म र एक करोड सम्म संख्या
नाम्
इरा
हाकारा
सिम्रा
ल्युरा
ङारा
तुकारा
सुकारा
नुकारा
नुनाम्रा
१० नाम्रा
१०० नाम्रानाम्
१,००० धुम्सा
१,००,०००   म्धुम्मा
१,००,००,००० धुम्धुमा

११ देखि ९९ सम्मको संख्या बनाउने काइदा
पहिलो लहर ः
                       इ हा सि ल्यु ङा तु सु नु नुना

दोस्रो लहर ः  ५
                       नाम् इरा हाका सिम् ल्युरा  ङारा तुका सुका नुका नुनाम्

११ देखि ९९ सम्म संख्या बनाउन पहिले पहिलो लहरको अंकसंग सम्बन्धित अक्षर र त्यस पछि दोस्रो लहरको अंकसंग सम्बन्धित अक्षर लेख्नुहोस् ।

उदाहरण ः ३७=सिसुका, ८४=नुल्युरा, २०=हानाम्
११ देखि ९९ सम्मको गिन्ती तलको तालिकामा दिइएको छ । यसरी चाम्लिङ भाषामा शुन्य देखि एक करोड सम्म गिन्ती गर्न सकिन्छ । ८७,५६,३२,९१४ लाई अक्षरमा भन्दा नुसुका धुम्धुमा ङातुका म्धुम्मा सिहाका धुम्सा नुनानाम्रानाम् इल्युरा



No comments:

Post a Comment